1.1k
Shares
प्युठान । प्युठानको एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित भएको छ ।नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष माेहम्मद हारून हलुवाईको नेतृत्वमा १५३ जना र ६५० मतदाताहरू नेकपा(एमाले)मा समावेश हुनुभएको छ। यस प्रवेशपछि सरूमारानीमा प्रवेश गुट शून्यप्राय: बन्नपुगेकाे छ।
यो संगै हलुवाईको नेतृत्वमा सिङ्गो पालिका कमिटी नै एमालेमा प्रबेश गरेको छ । हलुवाईसंगै पार्टीका जिल्ला सदस्य युवा बिद्यार्थीका नेताहरु एमालेमा प्रबेश गरेको स्थानीय पत्रकार सलिम अन्सारीले जानकारी दिए । उहाँहरूलाई एमाले पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल, प्रदेश सदस्य धनबहादुर रायमाझी, जिल्ला अध्यक्ष विराज विष्टले एमालेमा प्रवेश गराउनु भएको थियो ।



