987
Shares
काठमाडौं । आज सुन इतिहासकै महँगो भएको छ ।
मंगलबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम हुँदै सुनको मूल्यले कीर्तिमान बनाएको हो । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
आज तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ९० हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ९० हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय ४३ रुपैयाँ कायम गरेको छ ।
पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ९ हजार बढेको हो ।