1.2k
Shares
काठमाडौँ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा नेपाल सरकारले मौन समर्थन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको मगंलबारको बैठकमा सांसद बडूले समय माग गरेर दार्चुलामा भारतले नेपाली भूमिलाई भारततर्फ पार्ने गरी भइरहेको निर्माणको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन। बडूले ३५ हेक्टर नेपाली भूमिमा भारततिर जान लागेको पनि बताए ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारीले केन्द्रमा सरकारले नै पहल गर्नुपर्ने तर केही नगरेको भनेर गुनासो पोखेको बताउनुभएको छ । भारतले नेपाली भूमिका जिल्ला अस्पताल, सामुदायिक वन क्षेत्र, मन्दिर र अन्य सरकारी कार्यालय पनि भारतीय भूमिमा जान लागेको बडूको भनाइ छ ।