Logout

चर्चामा

झलनाथ खनालको क्षेत्रमा एमालेको शक्ति प्रदर्शन

944 Shares

इलाम । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आइतबार इलामको सूर्योदय नगरपालिकामा आयोजित जनसभामा सहभागी भएका छन् । फिक्कल चोकमा आयोजित उक्त जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दैछन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्दैछन् ।

फिक्कल बजार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । सो बजारमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई ओलीले स्वागत गरेका छन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गरेको हो ।

 

 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार