काठमाडौँ - काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । प्रि–मनसुनको समयमा औषत भन्दा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण पछिल्ला दिनहरुमा वायु प्रदुषण बढ्दो क्रममा रहेको वातावरण विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो केही दिन यता काठमाडौँ, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको छ । विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले स्थानीय कारकहरु नै हालको वायु प्रदूषणका लागि बढि मात्रामा जिम्मेवार रहेको बताए ।
मौसमविद् शान्ति कँडेलका अनुसार वायु प्रदूषण बढ्नुमा पश्चिमी वायुको मौसमी गतिविधि पनि कारक रहेको छ । मौसमविद् कँडेलले तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरि पानी पर्ने वा त्यसलाई बढार्ने गरि हावा चल्ने सम्भावना नदेखिएको बताएका छन् ।।
यो वर्ष मार्च महिना ९२४ सम्म० मा काठमाडौँ उपत्यकामा मात्रै ६।६ मिलिमिटर पानी परेको छ । मार्च महिनाको औषत वर्षा ३४।२ मिलिलिटर हो । यो वर्ष प्रि–मनसुनी गितिविधि विगतका वर्षमा जस्तो सक्रिय नहुँदा निकै कम पानी परेको उनले बताएका छन् । ।
नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ । आज बिहान सिमराको एक्यूआई ३ सय ५ मापन भएको छ ।