Logout

चर्चामा

एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने 

1.5k Shares


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय आउँदो वैशाख १ गतेदेखि नयाँ भवनमा सर्ने भएको छ । एमाले कार्यालय थापाथली सर्न लागेको हो ।

थापाथलीस्थित सञ्जय अग्रवालको घर एमाले पार्टी कार्यालयको लागि लिजमा लिइएको छ । पौने चार रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा कार्यालय भवनसहित पार्किङस्थलसमेत रहेको छ ।

पाँच वर्षको लागि उक्त स्थान भाडामा लिनेसम्बन्धी सम्झौता भएको प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोती दुगडले जानकारी दिए । पार्टी अध्यक्ष ओलीले आज नयाँ कार्यालय भवनको निरीक्षणसमेत गरेका थिए । 

nekapa.jpg

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार