Logout

चर्चामा

एमालेले बोलायो सचिवालय बैठक

679 Shares

काठमाडौं । नेकपा एमालेले सोमबार सचिवालय बैठक बोलाएको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बस्नेछ । स्थानीय चुनाव केन्द्रीत एजेण्डाहरुमाथि छलफल गर्न बैठक बोलाइएको प्रचार प्रमुख गुरुङले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार