काठमाडौँ - जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना संक्रमण दरमा वृद्धि भएको भन्दै भिडभाड नगर्न आग्रह गरेको छ । कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक रहेको बताए ।
‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने तथा सोका लागी आवश्यक समन्वय जिल्ला स्वास्थ्य कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराई जानकारी दिए ।
विज्ञप्ति हेर्नुहोस
