काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा ३५३ विभिन्न पदका उम्मेदवारहरु निर्विरोध भएका छन् ।
निर्वाचन आयोगका अनुसार एकल उम्मदवार परेपछि ति स्थानहरुमा निर्विरोध भएका हुन् । यद्यपि आधिकारिक घोषणा भने तोकिएकै समयमा हुने आयोगले जनाएको छ ।
जसमा सबैभन्दा धेरै १२३ स्थानमा नेकपा (एमाले) का उम्मेदवारहरु निर्विरोध भएका छन् भने नेपाली कांग्रेसबाट १०१ जना निर्विरोध भएका छन् ।
हेर्नुस् कुन पार्टीबाट कति जना निर्विरोध ?
नेकपा एमाले
गाउँपालिका अध्यक्ष –१
गाउँपालिका उपाध्यक्ष –२
वडाध्यक्ष –१४
खुल्ला सदस्य –२६
महिला सदस्य –२३
दलित महिला सदस्य –५७
जम्मा –१२३
नेपाली कांग्रेस
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –१४
खुला सदस्य –३१
महिला सदस्य –१५
दलित महिला सदस्य –४०
जम्मा –१०१
नेकपा माओवादी केन्द्र
वडाध्यक्ष –३
खुल्ला सदस्य –५
महिला सदस्य –७
दलित महिला सदस्य –३९
जम्मा –५४
नेकपा एकीकृत समाजवादी
गाउँपालिका अध्यक्ष –२
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –६
खुल्ला सदस्य –१२
महिला सदस्य –७
दलित महिला सदस्य –६
जम्मा – ३४
स्वतन्त्र
वडाध्यक्षः ६
सदस्यः १६
महिला सदस्यः
दलित महिला सदस्यः ८
जम्माः ३४
नेमकिपाः २ दलित महिला सदस्य
जसपा: १ दलित महिला सदस्य
लोसपाः १ दलित महिला सदस्य