Logout

चर्चामा

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

1.7k Shares

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ।

स्रोतका अनुसार राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री बुधबार बेलुका ७:४५ बजे राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

दुई जनाबीच करिब १ घण्टा कुराकानी भएको थियो। राष्ट्रपति भण्डारी बंगलादेश भ्रमण गरेर फर्किएको भोलिपल्ट प्रधानमन्त्री ओलीले भेट गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार