Logout

चर्चामा

कैलालीको बर्दगोरिया गाउँपालिमा एमालेको अग्रता

828 Shares

कैलाली । कैलालीको बर्दगोरिया गाउँपलिकामा नेकपा एमालेका उम्मेदवार कर्ण कुँवरले अग्रता कायम राखेका छन् ।

चार सय मत गणना हुँदा नेकपा एमालेका कर्ण कुवरले १९६ मत पाएका छन् भने ९१ मतसहित नेपाली काँग्रेसका शेर बहादुर कठरियाले उनलाई पच्छ्याइरहेका छन् ।

बर्दगोरियामा सत्तारुढ गठबन्धनबीच तालमेल गरिएको छ । यसैगरी राप्रपाका नवीन जोशीले १३ र नागरिक उन्मुक्ति पार्टीले ३८ मत पाएका छन् ।

बर्दगोरियाको उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् । बर्दगोरिया गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकातर्फबाट उपाध्यक्ष उम्मेदवार गणेशराज गिरीले १५४, नेकपा एमालेकी ईन्दु कठरिया ११९ र राप्रपाका उम्मेदवार कर्मा सिंहले २३ मत पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार