Logout

चर्चामा

काठमाडौंको उपमेयरमा सुनिता डंगोल तेब्बरभन्दा बढी मतले अगाडि

1.8k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा एमलोका केशव स्थापित दोस्रो स्थानमा रहेकोमा उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलको अग्रता झनै फराकिलो बन्दै गएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छन् ।

उनीसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा राप्रपाले ४१३ मत प्राप्त गरेको छ ।

उपमेयरका सबै प्रत्याशीहरुको जोड्दा पनि सुनिता अग्रस्थानमा छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार