Logout

चर्चामा

३० पालिकाको नतिजा : एमाले पहिलो , कुन पालिकामा कस्ले जित्यो ? (सूचीसहित)

1.6k Shares

हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। 

अहिलेसम्म ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ६ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।

नेकपा एमाले विजयी भएका पालिकाहरु:
•    मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
•    मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
•    मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
•    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
•    मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
•    डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
•    सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
•    बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
•    नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
•    बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
•    मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
•    म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
•    तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु:
•    मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
•    मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
•    मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
•    गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी
•    गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
•    गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
•    डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
•    हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
•    बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढानेकपा

माओवादी केन्द्र:

•    डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
•    दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
•    बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
•   उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
•  रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
•  खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई


नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:
•    डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
•    डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार