Logout

चर्चामा

भरतपुर ताजा अपडेटः एमालेका सुवेदीकै अग्रता

1.7k Shares

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् ।

जारी मतगणनामा सुवेदीले २६९३ मत ल्याएर १४ मतले लिड अग्रता राखेका छन् । त्यस्तै, गठबन्धनकी नेकपा माओवादी केनद्रकी उम्मेदवार रेणु दाहालले २६७९ मत ल्याएकी छिन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ सय ६२ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९५३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २१६२ मत ल्याएकी छिन् ।

यो पनि हेर्नुहोस्

मुगु । जिल्लाको पूर्वमा रहेको मुगम कार्मारोङ गाउँपालिकाको अध्यक्ष पदमा काङ्ग्रेस र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको छ । कांग्रेसका छिरिङ क्याप्ने लामा र एमालेका सोनाम लामाले ६८०/६८० मत प्राप्त गरेका छ्न ।

दुवै जना ०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । त्यसबेला छिरिङ क्याप्नेले जितेका थिए । त्यस्तै, उपाध्यक्षमा एमालेकी छिरिङ फुटिक लामाले ६७५ पाएर अग्रता कायम गरेकी छ्न भने माओवादीका गुरु स्यङ्ग्याप लामाले ६२१ मत ल्याएर पछ्याइरहेका छन् ।

यो पालिकामा कांग्रेस, माओबादी र समाजवादीको गठबन्धन रहेको छ । समाचार तयार पार्दाससम्म गाउँपालिकाका ८ र ९ वडामा मतगणना भइसकेको छ । ७ नम्बर वडाको मतगणना जारी रहेको छ । ८ र ९ मा एमालेले जित हात पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार