Logout

चर्चामा

एक्कासी भरतपुरमा रेणुलाई उछिन्दै विजयले लिए अग्रता,अब के हुन्छ ?

1.3k Shares

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले मतान्तर घटाउँदै लगेकी छन्।

 यसअघि एमाले उम्मेदवार विजय सुवेदीले १४ मतले पछि पारेकोमा पछिल्लो परिणाममा रेणु १२ मतले पछाडि छिन्। मतान्तर दुई मतले घटाएकी छन्। ७ हजार ७७७ मत गणना गर्दा रेणुले २ हजार ७९६ मत प्राप्त गरेकी छन्।

एमालेका सुवेदीले २ हजार ८०६ मत प्राप्त गरेका छन्। यो १२ मतको अन्तर हो। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९०३ मत प्राप्त गरेका छन्।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३ हजार ७६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले २ हजार २३८ मत प्राप्त गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार