Logout

चर्चामा

यस्तो छ काठमाडौं महानगरको ताजा अपडेट (मतपरिणामसहित)

1.4k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मतसहित अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरणअनुसार नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४११३ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ३५७३ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी, उपमेयरमा सुनिता डंगोल ६५५७ मतसहित अग्रता कायम गरेकी छन् । उपमेयरकै उम्मेदवार सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८५५ मत ल्याएका छन् ।

यो पनि हेर्नुहोस 

काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल प्रतिस्पर्धी भन्दा झण्डै चार गुना मतान्तरका साथ अग्रता लिनुभएको छ ।

निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार सुनिताले गठबन्धनका उम्मेदवार भन्दा झण्डै चार गुना मत पाउनु भएको हो ।हालसम्म १७ हजार ८ सय ८ मत गनणा हुँद्या उपमेयरमा डंगोलले ६ हजार ५ सय ५७ मत पाउनु भएको छ । यो मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले पाएको भन्दा १ सय ५९ मत बढी हो । बालेनले मेयरमा ६ हजार ३ सय ९८ मत ल्याउनु भएको छ ।

एमाले उम्मेदवार सुनिताले उपमेयरमा ६५ सय ५७ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका रामेश्वर डंगोलले केवल १८५५ मत ल्याउनु भएको छ । श्रेष्ठको यो मत डंगोलले पाएको भन्दा ४७ सय २ मतले कम हो । उपमेयरमा तेस्रोमा राप्रपा उम्मेदवार रहेका छन । राप्रपाको १३ सय ७८ मत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार