चितवन । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनतर्फका माओवादी केन्द्र उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन्।
१८ हजार ८८३ मत गणना हुँदा रेणुले ६ हजार ३१९ मत प्राप्त गरेकी छन्। एमालेका विजय सुवेदीले ६ हजार २०० प्राप्त गरेका छन्। दाहाल र सुवेदीबीच ११९ मतान्तर रहेको छ ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६९९ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ५ हजार ८२ मत प्राप्त गरेकी छन्।
यो पनि हेर्नुहोस
धरान उपमहानगरपालिका वडा नम्बर ५ मा एमालेले प्यानलै जितेको छ । एमालेका मनप्रसाद लिम्बूले कांग्रेसका सन्तोष लिम्बूलाई पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित भए ।
मनप्रसादले १६१५ मत प्राप्त गरि निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी सन्तोषले १४५४ मत प्राप्त गरे । त्यस्तै, महिला सदस्य सुनिता राई र दलित महिला सदस्यमा शान्तामाया विक निर्वाचित भएका छन्। खुल्ला सदस्यमा प्रेम बहादुर दाहाल र विजय राई निर्वाचित भएका छन्।
धरानमा १ देखि ७ नम्बर वडाको मतगणना सम्पन्न भएको छ । अहिले धरानमा ८,९,१० र ११ मत गणना भइरहेको छ । मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघा चुनावी मैदानमा छन्।