Logout

चर्चामा

धरान उपमहानगरको वडा नम्बर ५ मा एमालेको प्यानल नै विजयी

905 Shares

धरान । धरान उपमहानगरपालिका वडा नम्बर ५ मा एमालेले प्यानलै जितेको छ । एमालेका मनप्रसाद लिम्बूले कांग्रेसका सन्तोष लिम्बूलाई पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित भए । मनप्रसादले १६१५ मत प्राप्त गरि निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द‍्वी सन्तोषले १४५४ मत प्राप्त गरे । त्यस्तै, महिला सदस्य सुनिता राई र दलित महिला सदस्यमा शान्तामाया विक निर्वाचित भएका छन्।

खुल्ला सदस्यमा प्रेम बहादुर दाहाल र विजय राई निर्वाचित भएका छन्। धरानमा १ देखि ७ नम्बर वडाको मतगणना सम्पन्न भएको छ । अहिले धरानमा ८,९,१० र ११ मत गणना भइरहेको छ ।

मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघा चुनावी मैदानमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार