Logout

चर्चामा

रामधुनी नगरपालिकाको मेयरमा र उपमेयरमा एमाले विजयी

803 Shares

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्‍मेदवार शंकललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्थी नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत ल्याएर पराजित भए ।

यस्तै नगरपालिकाको उपमेयरमा एमालेकी तारा थापाले १२ हजार २२० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर हारिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार