Logout

चर्चामा

तुलसीपुरको उपप्रमुखमा एमाले जित नजिक, मेयरमा पनि अघि

1.5k Shares

दाङ । तुलसीपुर उपमहानगरपालिकामा मतगणना अन्तिम चरणमा पुग्दा उप्रमुखमा एमालेकी स्यानी चौधरी जित नजिकै पुगेकी छिन् ।

१० हजार मतगणना हुन बाँकी रहँदा उनले गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानालाई ८ हजार ३०९ मतान्तरले पछाडि पारेकी छन् । चौधरीले २६ हजार ९१८ मत प्राप्त गर्दा रानाले १८ हजार ६०९ मत प्राप्त गरेका छन् ।

यस्तै तुलसीपुरमा एमालेका मेयरमा टीकाराम खड्काले अग्रता लिएका छन् । ६४ हजार बढी मत गणना हुँदा एमालेका टिकाराम खड्काले २७ हजार ३५२ मत ल्याएका छन् । उनी गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरी भन्दा २ हजार ४४८ मतले अघि छन् ।

कांग्रेसका गिरीले २४ हजार ९०४ मत प्राप्त गरेका छन् । तुलसीपुरमा १९ वटा वडा नं. १ देखि १६ सम्मको नतिजा आइसकेको छ भने १७, १८ र १९ वडामा मतगणना जारी छ । १८ र १९ वडामा एमाले फराकिलो मतले अगाडि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार