Logout

चर्चामा

टुसाल प्रथम विद्यालय स्तरिय पौडी च्याम्पियनशिप २०२२ सम्पन्न

1.1k Shares

काठमाडौं । टुसाल  मल्टी भेन्यूको आयोजनमा प्रथम विद्यालय स्तरिय पौडी च्याम्पियनशिप आइतबार सम्पन्न भएको छ । कुल महिला र पुरुष गरि १२ विद्यालयबाट कुल ४९ प्रतियोगीहरुले सहभागीता जनाएका थिए ।  २५ मिटरको लेनमा आयोजना गरिएको फ्रि स्टाइलपौडी च्याम्पियनशिप माइस इन्टरनेशनलसर्भिसको सहकार्यमा भएको हो।  

टुसाल मल्टि भेन्यूको आफ्नै पौडी पोखरीमा सञ्चलित पौडी प्रतियोगितमा पुरुष जुनियररसिनियर, महिला जुनियररसिनियर गरि जम्मा ४ विधामा प्रतियोगिताको आयोजना गरिएको थियो ।  पुरुष जुनियरमा रोजमेरी स्कुलका सुरज थापा मगरले १८/३५ सेकेन्डमा पार गरीबिजेता र युनाइटेड स्कोलर्स एकाडेमीकासुलभ गुरुङ प्रथम रनरअप  भएका छन् । पुरुष सिनियरतर्फ युनाइटेड स्कोलर्स एकेडेमीका रोशन तमाङ्गबिजयी भएका छन् भने रमाइलो पाठशालाका सबिन तामाङ्ग र रियास चौधरीले क्रमश दोश्रो र तेश्रो स्थान हाशिल गरेकाछन् । 

त्यस्तै महिलातर्फ जुनियरमा मिल्सबेरी स्कुलकी निकोल तुलाधर (३१/९६ सेकेन्ड) बिजयी भएकी अश्लेसा थापा दोश्रो स्थान हाशिल गरेका छन् ।  महिला सिनियरतर्फ संस्कृति इन्टरनेशनल स्कुलकी प्रिन्सा कार्की (२४/१६ सेकेन्ड) ले विजयी प्राप्त गरेकी छिन् भने काठमाडौं लिंकन स्कुलकी आकृती श्रेष्ठ फ्रस्ट रनरअप र यूरेका स्कुलकी सिल्भी डंगोल सेकेन्ड रनरअफ भएकी छिन् । 

पौडि प्रतियोगितमा बिभिन्न बिधा मार्फत बेस्ट रिदम सिल्भी डंगोल,बेस्ट स्ट्रोक निकोल तुलाधर, बेस्ट ब्रेदिङ्ग एण्ड कोअर्डिनेसन किरण एरी सम्मानित भएका छन् । 

प्रतियोगितामा बिजेताहरुलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा टुसाल मल्टि भेन्यूका अध्यक्ष बिजय सापकोटा, प्रमख अतिथि तारकेश्वर नगरपालिकाका मेयरकृष्णहरी महर्जन, विशेष अतिथि तारकेश्वर नगरपालिकाउपमेयरसिर्जना बुर्लाकोटी, अतिथिहरु तारकेश्वर नगरपालिका ८ नं। वडाध्यक्ष श्यामकृष्ण सापकोटा र राष्ट्रिय पौडी रेफ्री युवराज सुनुवारको उपस्थिति रहेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार