Logout

चर्चामा

अध्यक्ष ओलीसँगको भेटमा दुई मन्त्रीले के छलफल गरे ?

788 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेटवार्ता गरेका छन् ।

शुक्रबार उनीहरु अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा पुगेर भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउनबारे छलफल भएको बताइएको छ ।

उनीहरु अध्यक्ष ओलीलाई नागरिकता विधेयकका लागि साथ दिन आग्रह गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा त्यहाँ पुगेका थिए ।

सरकारले नागरिकता विधेयक पारित गर्ने तयारी गरिरहेका बेला आलीसँग पनि मन्त्री द्वयले यसै विषयमा कुराकानी गरेका हुन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ ।

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगीकृत नागरिकतालगायतका दलहरूबीच सहमति जुट्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार