एमाले नेता भीम रावलले आफूले संसदीय समितिमा आफूले गाडीमा इम्बोस्ड नम्बर नराख्ने घोषणा गरेकोबारे स्पष्टीकरण दिएका छन् ।
उनले इम्बोस्ड नम्बरको चर्को रकम, संविधान अनुसार नेपाली भाषाको प्रयोग, व्यक्ति र देशको सुरक्षा एवं हित, कालोसूचीमा पर्ने कम्पनीलाई ठेक्का दिने जस्ता विषय स्पष्ट नगरी इम्बोस्ड नम्बर नराख्ने बताएको उनको भनाइ छ ।
‘मैले संसदीय समितिको बैठकमा इम्बोस्ड नम्बरको चर्को रकम, संविधान अनुसार नेपाली भाषाको प्रयोग, व्यक्ति र देशको सुरक्षा एवं हित, कालोसूचीमा पर्ने कम्पनीलाई ठेक्का जस्ता विषय स्पष्ट नगरी धम्क्याएर जबर्जस्ती गरिए मलाई झ्यालखानामा थुने पनि इम्बोस्ड नम्बर राख्दिन भनेको हुँ।
सबैले भनौं’, उनले ट्वटिरमार्फत भनेका छन् । सङ्घीय संसद्को संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा रावलले इम्बोस्डको चर्को विरोध गरेका थिए ।