काठमाडौं । नेकपा (एमाले) को राष्ट्रियसभाको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन् । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेता प्याकुरेललाई राष्ट्रियसभाको दलको नेता तोकेका हुन् ।
सांसद प्याकुरेल प्रधानमन्त्री ओलीका निकट छन् । उनले ओलीका कदमका बचाउ गर्दै आएका छन् ।
यो नि पढनुस्
नेकपा एमालेका नेता महेश बस्नेत जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् ।
बस्नेतले आज विहान चौधरीलाई जेलमै पुगेर भेटेका हुन् । समाजवादी पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सत्ता साझेदारीको विषयमा कुराकानी भइरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
जसपाका नेताहरुले संविधान संशोधनसहित टिकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्ने माग राख्दै आएका छन् ।
चौधरीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले चौधरीलाई भेट्नु आफु कारागारमै पुगेको उनको भनाई छ ।