Logout

चर्चामा

बुढीगंगा-९ मा गठबन्धनलाई हराउँदै एमालेका मीनबहादुर सिंह विजयी

1k Shares

काठमाडौं । बुढीगंगा नगरपालिका वडा नं ९ मा दुई गुणा मतान्तरले ‌एमाले उम्मेदवार विजयी हुनुभएको छ ।नेकपा एमालेका मीनबहादुर सिंहले गठबन्धनका भरतबहादुर थापालाई फराकिलो मतान्तरले हराउनुभएको छ ।

थापा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुनुहुथ्यो। सिंहले ४९२ मत पाउँदा थापाले २९३ मतमात्रै पाउनुभयो ।

यसअघि वडा नम्बर १ र १० मा पनि एमाले उम्मेदवार विजयी भइसक्नुभएको छ । जारी मतगणनाअनुसार मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् ।

अहिलेसम्म ३,६४८ मत गणना सकिएको छ । एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,१९६ मत पाउनुभएको छ । उपमेयर मायाकुमारी खड्का कुवँरले २,१७२ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२३९ र उपमेयर रीता शाहीले १,२६२ मत प्राप्त गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार