1.1k
Shares
काठमाडौं । काँग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज अन्त्येष्टि गरिने भएको छ ।
जोशीको अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तय भएको नेपाली काँग्रेसले जनाएको छ ।
त्यसअघि जोशीको पार्थिब शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मध्यान्ह १२ देखि अपराह्न २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा सानेपामा राखिने छ ।
श्रद्धाञ्जलीका लागि काँग्रेसको केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक पनि बसेको छ ।
जोशीको गएराति उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।
गत १४ फागुनमा मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।