1k
Shares
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू सबै प्रकारको चुनौति सामना गर्न तयार रहेको बताएका छन्। शनिबार बृहत् नागरिक आन्दोलनसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्छ। हामी त्यसको पक्षमा छौँ। त्यसका लागि म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु।’
उनले पार्टी आन्दोलनबाट खुट्टा कमाएर हिँड्नेवाला नभएको समेत बताए । मूल मान्छेबाट पार्टीको विधान मिच्ने काम भइरहेको र ‘कम्युनिस्ट पार्टीमा अधिनायकवाद स्वीकार्य नभएको उनले बताए ।