Logout

चर्चामा

संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको छु :  सभामुख सापकोटा

617 Shares

काठमाडौँ  - सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताइका छन् । संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेसनलाई सम्बोधन गर्दै सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताएका हुन् । सभामुख सापकोटाले ठूला–ठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए ।

सभामुख सापकोटाले संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार गरे। तर, राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला समस्याहरूको समाधान गरेको उनको भनाइ छ ।

सभामुख सापकोटोले अहिले ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको भन्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार