Logout

चर्चामा

मन्त्रिपरिषद् बैठक अघि देउवाले किन गर्न खोजेका थिए ओलीसँग कुराकानी ?

2.4k Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको घोषणाअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग कुरा गर्न खोजे पनि सम्पर्क हुन नसकेको देउवाका सहयोगीले बताएका छन् ।

बिहीवार मन्त्रिपरिषद्को बैठकमा प्रवेश गर्नुअघि देउवाले आफ्नै मोबाइलबाट ओलीलाई फोन गरेका थिए । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग सम्पर्कको प्रयास भएको, तर सम्पर्क स्थापित हुन नसकेको बताएका हुन् ।

बिहीवार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बसिरहेको समयमा ओलीले नेपालस्थित विदेशी सञ्चारमाध्यम र परराष्ट्र बिटमा काम गर्ने पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका थिए ।

नेकपा एमालेका कतिपय नेताले चुनाव घोषणाअघि सम्पर्क नगरिएको भन्दै गुनासो गरेका थिए । ‘मन्त्रिपरिषद् बैठकमा छिर्नुअघि प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलका नेतालाई सम्पर्क गर्न कोसिस गर्नुभएको थियो, तर सम्पर्क हुन सकेन’ कार्कीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार