Logout

चर्चामा

प्रधानमन्त्री ओलीलाई सहयोग गर्छौं  : ठाकुर

1.6k Shares

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरूका माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाउने दललाई सत्ता समीकरणमा सहयोग गर्ने बताएका छन् ।
 
वृहत नागरिक आन्दोलनले शनिबार काठमाडौँमा आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ठाकुरले आफूहरूका माग सम्बोधन भएपछि मात्रै कसलाई सहयोग गर्ने भन्‍ने विषयमा निर्णय गर्ने बताए ।  

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको माग पूरा गर्ने आश्‍वासन दिएको बताए । ‘हामी हाम्रो एजेण्डामा अडिग छौँ । माग सम्बोधन भएपछि मात्रै हामी कसलाई सहयोग गर्ने भन्नेबारे पार्टीबाट संस्थागत निर्णय गछौँ । प्रधानमन्त्री ओलीलेसहयोग गर्ने आश्वासन दिनु भएको छ ।’

अहिलेको राजनीतिक संकट सत्तारुढ दल एमालेभित्रको आपसी लडाइँले आएको बताए । सत्ता संकट परेको बेलामा मात्रै ठूला भनिएका दलहरूलाई मधेशवादी दल चाहिने भन्दै ठाकुरले आफूहरूले अब विश्‍वास गर्न लिखित सम्झौता चाहिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार