1.2k
Shares
काठमाडौं । कुमारी आमा निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले पक्राउ गरेको हो ।
धनुषाकी निहारिकाले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै न्यायका लागि माग गरिरहेकी थिइन् ।
उनले आरोपी श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् । राजपुतले काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी थिइन् भने पछिल्लो समय राष्ट्रपति कार्यालय शीतल निवास अगाडि आत्मदहको प्रयास पनि गरेकी थिइन् ।