Logout

चर्चामा

अब घरघरमा थुप्रिएको फोहोर पनि नियमितरुपमा उठ्छः बालेन शाह

2.1k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर नियमितरुपमा बञ्चरे डाँडासम्म जाने क्रम जारी रहेको बताएका छन् ।

उनले अब घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुन थालिने बताएका हुन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फोहोर नियमितरुपमा बञ्चरे डाँडासम्म जाने क्रम जारी छ ।

अब घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुन थाल्ने छन् । यसैले कृपया ! सडकमा फोहोर विसर्जन गर्ने नगरिदिनुहोला । सबैको सहभागिता र योगदानबाट मात्रै हामीले सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्छौँ । विश्वास छ, साथ दिनुहुनेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार