Logout

चर्चामा

काठमाडौंमा आज पनि प्रदूषण नघट्ने, भिजिविलिटी हजार मिटर मात्रै

906 Shares

काठमाडौं । काठमाडौंमा आज पनि प्रदूषणको मात्रा नघट्ने भएको छ । मौसमी प्रणालीमा फेरबदल नहुने भएकाले शुक्रबार र शनिबार जस्तै आज पनि प्रदूषणको मात्रा हावामा उच्च रहने छ । 

“विगत दुईदिनको जस्तै आज पनि वायुमा प्रदूषणको मात्रा नघट्ने देखिएको छ । सोमबार साँझसम्म यो कायम रहने छ,” मौसमविद् शान्ति कणेल भन्छिन्, “भोलि साँझबाट भने प्रदूषणको मात्रा केही कम हुने हाम्रो अनुमान छ ।”

सोमबारबाट पश्चिमी मौसमी प्रणाली भित्रिँदै छ । पश्चिमी मौसमी प्रणाली भित्रिए पछि सोमबार साँझबाट प्रदूषण केही कम हुने उनको भनाइ छ । 

काठमाडौंमा आज बिहान भिजिविलिटी ९पारदर्शिता० १५ सय मिटर छ । यो दिउँसो एक हजार मिटरमा झर्न सक्ने मौसमविद् कणेलले जानकारी दिइन् । 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार