Logout

चर्चामा

नागरिकसँग टेलिफोन संवाद गर्दै एमाले अध्यक्ष ओली

2.1k Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोन संवाद गर्दै छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसँग टेलिफोन संवाद गर्न बिहीबार  १ लाख ७१ हजार ७३८ जनाले इच्छा देखाउँदै नाम टिपाइसकेका छन् ।

‘मसँग कुरा गर्न आज दिउँसो १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद । धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ? ’

मंगलबार अध्यक्ष ओलीले कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गरेका थिए ।

अध्यक्ष ओलीले अनुरोध गरेसँगै बुधबार एकैदिन १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका थिए । बिहीबार अपराह्न १२ बजे सम्म १ लाख ७१ हजार ७३८ जनाले नाम टिपाएको ओलीको सचिवालयले जनाएको छ ।

आगामी चुनावलाई लक्षित गरेर ओलीले नागरिकको सुझाव लिन खोजेको अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार