Logout

चर्चामा

नुवाकोट राप्रपा नेपालको समर्थन एमालेलाई

2.7k Shares

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ राप्रपा नेपाल प्रतिनिधि सभा सदस्य पुष्प न्यौपाने र प्रदेश सभा सदस्य  २ का केदार पौडेलले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।

उनले विज्ञप्ति निकालेर प्रतिनिधिसभामा एमालेका उम्मेदवार बद्रि मैनाली र प्रदेशसभा १ मा एमालेका सुशील खड्का र प्रदेशसभा २ का पूर्णलाल श्रेष्ठ  लाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताएका छन् ।

नुवाकोटमा गठबन्धनका ६ जना उम्मेदवार हुँदा पनि एमालेको बलियो सम्भावना देखिएको पुष्प न्यौपाने बताएका छन् ।

विज्ञप्तिमा राप्रपा नेपाल नुवाकोटका संयोजक सुरज गुरुङ र सह महामन्त्री राजु थापाले पनि समर्थन जनाउनु भएको छ  ।’

उक्त कार्यक्रममा एमाले केन्दिय सदस्य बिन्दा ढुङ्गाना,जिल्ला उप-सचिव काशीराज अधिकारी,निलकण्ठ आचार्य लगायतको उपस्थिति रहेको थियो ।’

IMG20221105110122.jpg

IMG20221105110504.jpg

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार