Logout

चर्चामा

लोसपा नेपाल नुवाकोट  क्षेत्र नं.२ को घरदैलो सुरु

676 Shares

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि लोकत्रन्तिक समाजवादी पार्टी (लोसपा) नेपालले नुवाकोट  क्षेत्र नं.२ को घरदैलो कार्यक्रम सुरु गरेको छ  ।  

क्षेत्र नं.२ का लागि लोसपको तर्फबाट प्रतिनिधि सभा सदस्यमा धनकुमारी सुनुवार र प्रदेश सभा सदस्य (क )मा राजन बिश्वकर्मा  को उम्मेदवारी रहेको छ । लोसपा नेपाल बागमती प्रदेशका प्रवक्ता राम लामा  र कोषाध्यक्ष लगायत संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरिएको नेता लामाले बताउनुभयो ।  

कार्यकर्ता सहित निस्किएको घरदैलो कार्यक्रममा मतदाताको घरमा गएर मत माग्ने काम भएको नेताहरूले बताउनुभयो । सो अवसरमा प्रवक्ता लामाले जनचाहना अनुसार विकासको काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उम्मेदवार सहित निस्किएको घरदैलोमा जनताले अबको भोट साइकल चिन्हमा भनेर खुशी ब्यक्त गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार