Logout

चर्चामा

नुवाकोट –१ का जनताको एउटै स्वर: ‘एमाले त आयो–आयो’

761 Shares

नुवाकोट । दिन प्रतिदिन आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको माहोल तातिरहेको समयमा नुवाकोट क्षेत्र नं. १ को माहोल एका एक नेकपा एमालेको पक्षमा जनलहर उलिएको छ । एमालेका उम्मेदवारलाई जिताउन नुवाकोट क्षेत्र नं. १ का जनता स्वतस्फुर्त रुपमा घरदैलो तथा सडकमा आएका छन् । जनता सडकमा उर्लिएर घरदैलो गरेको र उम्मेद्वारलाई गरेको स्वागत हेर्दा लाग्छ, एमाले विजयी भइसक्यो, घोषणा गर्नलाई मात्र निर्वाचन पर्खनु परेको छ ।

एमालेले क्षेत्र नं. १ को प्रतिनिधिसभाको उम्मेदवार नेकपा एमाले नुवाकोटका अध्यक्ष पूर्वमन्त्री बद्री मैनालीलाई उठाएको छ भने प्रदेश सभा ‘क’ क्षेत्रको लागि सुशील खड्का र ‘ख’ क्षेत्रको लागि पूर्णलाल श्रेष्ठलाई शसक्त रुपमा उम्मेदवार उभ्याएको छ ।नुवाकोटको विकासमा कायापलट ल्याउन नेतृत्व गर्नुभएका मैनाली ,खड्का  र श्रेष्ठको पक्षमा अत्याधिक जनलहर आएको छ । दैनिक रुपमा गरिएको घरदैलो कार्यक्रममा जनताको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ भने विपक्षी गठबन्धन दलको कार्यक्रम सुस्ताउँदै गएको छ । गठबन्धन दलको कार्यक्रममा कार्यकर्ता तथा जनताको सहभागिता निरासापूर्ण रहेको छ ।

एमाले प्रचार प्रसार कमिटीले आज ककनी गाउपालिका वडा नं.५ ,७ र ८ मा घरदैलो कार्यक्रम आयोजना गरेको थियो । सयौंको संख्यामा जनताको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा जनताले एमालेको उम्मेदवारहरु विजयी भइसकेको झल्को दिएका छन् । नुवाकोट क्षेत्र नं.१ का एमाले उम्मेदवारलाई आफुहरु विजयको माला लगाई दिन तयार अवस्थामा रहेको बताउँदै ‘मंसिर ४ एमालेको सरकार’ भन्ने अभियानले सार्थकता पाउनेमा विश्वस्त रहेको बताए । अहिले नै एमाले नुवाकोटका जनताको प्यारो पार्टीको रुपमा रहेको उल्लेख गर्दै अब मंसिर ४ को निर्वाचनमा एमालेलाई रोक्ने हिम्मत कसैसँग नभएको बताए । गठबन्धका उम्मेद्वारलाई हराउन जनता आतुर रहेको उल्लेख गर्दै नुवाकोट क्षेत्र नं. १ एमालेको लालकिल्ला बनाउने उद्घोष समेत जनताले गरेका छन् । र्यालीमा सहभागि जनता तथा कार्यकर्ताले क्षेत्र नं. १  मा ‘एमाले त आयो–आयो’ भन्दै एमालेको पक्षमा विभिन्न प्रकारका नाराहरु लगाउँदै घर घरमा पुगेका थिए ।

एमाले उम्मेद्वारलाई स्थानीयवासीले घर घरमा माला, खादा तथा अविर लगाएर स्वागत गरेका थिए । स्वागतका क्रममा वृद्धवृद्धा, युवा तथा महिलाको उल्लेख्य सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा एमलो उम्मेदवारलाई स्वागत गर्न गठबन्धन दलका कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो । एमालेका विकासप्रेमी नेतालाई विजय नगराउनु नुवाकोटकै लागि दुर्भाग्य हुने भएकाले एमालेका उम्मेदवारको पक्षमा मतदान गर्ने प्रतिवद्धता समेत अन्य पार्टीका कार्यकर्ताले उल्लेख गरे ।

घरदैलो कार्यक्रममा जनताको उत्साहले गर्दा एमालेका उम्मेद्वारहरु विजयी भइसकेको जस्तै देखिन्थ्यिो । र्यालीमा जनताले ‘नुवाकोटका जनताले के भन्छन्, बद्री पूर्णलाल  ले भन्छन्’, नेकपा एमाले जिन्दावाद’, ‘राष्ट्रघातीलाई चोट, एमालेलाई भोट’, ‘आयो आयो, नेकपा एमाले आयो’, ‘सूर्यमा छाप झ्याप झ्याप’, लगायतका नाराहरु लगाएका थिए । विकास र समृद्धिमा बद्री मैनालीको नेतृत्वमा भएका आयोजनाहरुको वारेमा जनताले नाराका माध्यमबाट प्रस्तुत गरेका थिए भने विजय जुलुश जस्तै एमाले तथा बद्री मैनाली समर्थक गीतहरु गाउँदै सडकमा नै नाचगान समेत गरेका थिए ।

कार्यक्रममा एमाले नेकपा एमाले नुवाकोटका सह सचिव काशीराज अधिकारी,जिल्ला सदस्यहरु,पालिकाका पदाधिकारी लगायतका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको थियो ।

 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार