588
Shares
भोजपुर । भोजपुरमा प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता शेरधन राईले सुरुवाती अग्रता लिएका छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सुदन राईले टक्कर दिइरहेका छन् ।
प्राप्त विवरण अनुसार ४ सय मत गणना हुँदा शेरधन राईले १८७ मत ल्याएका छन् भने सुदन किराँतीले १७२ मत ल्याएका छन् । किराँती सत्ता गठबन्धनका संयुक्त उम्मेद्वार हुन् । यता, राई प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा संघीय सरकारका पूर्व सूचना तथा सञ्चारमन्त्री समेत हुन् ।