Logout

चर्चामा

होलीमा पानी भनी एसिड छ्याप्दा तीन जना घाइते

777 Shares

काठमाण्डौ । सरकारले सार्वजनिक स्थानमा होली खेल्न प्रतिबन्ध लगाएपनि काठमाण्डौको शंकरापुर नगरपालिकामा होली खेल्ने क्रममा एकजना किशोरी र दुई बालक घाइते भएका छन् ।

होली खेल्ने क्रममा पानी भनी स्थानीय डेरीमा रहेको एसिड छ्याप्दा उनीहरु घाइते भएका छन् । घाइने हुनेमा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक छन् । सो क्रममा किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । घाइतेको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार