काठमाडौं । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्। सोमबार बंगलादेश र नेपालबीचको फाइनल खेल हेर्न उनी साझ रंगशाला पुगेका हुन्। फाइनलमा बंगलादेश र नेपाल भिड्दै छन्। प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरू रंगशाला पुगेका छन्।
यो नि पढनुस
थारु कल्याणकारी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि नेपाल सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
वार्ता टोलीमा गृहमन्त्रीको साथै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी सदस्य रहेका छन् । वार्ता टोली गठन भएलगत्तै थारु कल्याणकारी सभासँग आजैबाट वार्ता हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले खबवाणीलाई जानकारी दिए ।
टोलीले जेलमा रहेको सांसद् रेशम चौधरी नेतृत्वको टोलीसँग वार्ता गर्नेछ । थारु कल्याणकारी सभा एवं केन्द्रीय आन्दोलन परिचालन समितिले केही दिन अघि मात्रै सांसद् चौधरीको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता गर्न लागेसँगै ओलीले सरकारमा रहनका लागि अनेक उपाय अपनाइरहनुभएको छ । जनता समाजवादी पार्टीले आफ्ना माग पूरा भए सरकारलाई समर्थन दिने स्पस्ट पारेपछि सरकारले पनि थारु कल्याणकारी सभासँग वार्ता गर्न टोली गठन गरेको हो ।