Logout

चर्चामा

देशभरका विद्यालय आजबाट चार दिन बन्द

821 Shares

काठमाडौं । आजबाट चार दिनसम्म देशभरका विद्यालयहरु बन्द छन् । वायु प्रदूषणका कारण मङ्गलबारबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षा मन्त्रालयले हिजो विज्ञप्तिमार्फत् मन्त्रीस्तरीय निर्णयबाट विद्यालय चार दिन बन्द गर्ने निर्णयबारे जानकारी गराएको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विद्यालय बन्दको निर्णय गरेका हुन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वायु प्रदूषणका कारण विरामी परेपछि बन्द गर्ने दबाब परेको थियो । विशेषगरी बालबालिकाहरु प्रदूषणका कारण विरामी पर्न थालेका छन् ।

बलबालिकामा रुघाखोकीको समस्या बढी देखिएको छ । अस्पतालहरुमा बालबालिकाको चाप बढेको छ । यसैगरी, विद्यालय बन्द भएपछि कतिपयले चार दिनसम्म अनलाइन क्लास संचालन गर्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार