1.1k
Shares
काठमाडौं । राष्ट्रपति विध्यादेवी भण्डारीले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दु:ख व्यक्त गरेकी छिन्।
उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत् वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता मानन्धप्रति श्रद्धाञ्जलि अर्पण गरेकी हुन्।
मानन्धरको ९१ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । उनको मंगलबार अन्त्येष्टि गरिँदैछ । राष्ट्रपति भण्डारीले मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकी छिन् ।
नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका उनले २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।