काठमाडौं । एमाले-माओवादी ब्यूँत्याउने सर्वाेच्च अदालतको फैसला पुनरावकलोकनका लागि निवेदन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु सर्वाेच्च अदालत पुगेका छन्।
अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका अधिकांश स्थायी कमिटि सदस्यहरु सर्वाेच्च पुगेका हुन्। नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल र मातृका यादव लगायत नेताहरु नेकपा एकता बदरको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिन सर्वाेच्चमा देखिएका छन्।
सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँत्याएको थियो।
सर्वोच्चको यो फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा प्रचण्डले गरेका थिए।
निलम्बनमा परेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि पुनरावलोकनमा जानु पर्ने निष्कर्ष सुनाएको थियो।