260
Shares
काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्रा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न क्वात्रा शीतल निवास पुगेका थिए । यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपति भण्डारी र क्वात्राबीच दुई देशको सम्बन्ध, सहयोग आदानप्रदान लगायतका विषयमा छलफल भएको बताइएको छ ।